NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यी ‘अनप्रोफेसनल’ बानीले करिअरमा धक्का पुग्न सक्छ

काठमाडौं । प्रत्येक व्यक्तिको आ–आफ्ना बानी हुन्छन्, जसमध्ये केहीले तपाईको व्यक्तिगत जीवनलाई मात्र असर गर्दैनन्, यसले व्यवसायिक जीवनमा पनि नकारात्मक प्रभाव पार्छ । हाम्रा सबै बानीहरु सहकर्मीहरुले स्वीकार सक्दैनन् । हामीले आफ्नो केही बानी व्यवहार सुधार्नु आवश्यक पनि हुन सक्छ ।

हाम्रा अव्यवहारिक (अनप्रोफेसनल) स्वभावका कारण काममा उत्कृष्ट नहुन, पदोन्नति नहुन सक्छ, मालिकहरु रिसाउन सक्छन् र यसैका कारण ठूलो मूल्य नै चुकाउनुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले यहाँ हामीले केही अव्यवहारिक आनीबानीहरु उल्लेख गरेका छौं ।

– काम वा मिटिङमा सधैं अरुभन्दा ढिला हुनु
– बिरामी भएको बहाना बनाउनु
– बासनादार खानेकुरा आफ्नो डेस्कमै बसेर खानु
– सधैं नकारात्मक हुनु, गुनासो मात्रै गर्नु
– सरसफाईमा ध्यान नदिनु
– मिटिङका समयमा मोबाइलमा ध्यान दिनु, अन्य विषयमा केन्द्रित हुनु
– सहकर्मीको काममा वाधा पुर्याउनु, हस्तक्षेप गर्नु
– सबै आफूलाई मात्र थाहा छ जस्तो गर्नु
– डेस्कमै मेकअप गर्नु
– आफ्नो व्यक्तिगत समस्याबारे छलफल गर्नु
– राजनीतिक वा दलीय मुद्दामा बहस गर्नु
– अरुको बारेमा धेरै खोजीनिती गर्ने, चासो दिने
– मदिरा सेवन गरेर काममा आउनु
– अरुको अनावश्यक टिप्पणी गर्नु
– दिनभर व्यक्तिगत फोनमा भुल्नु
– अपमानजनक इमेल गर्ने बानी
– आफू मातहतको कर्मचारीलाई अरुको अगाडि हकार्नु
– इमेल र फोनको ढिलो रिप्लाई गर्नु
– कामको सबै क्रेडिट आफूमात्रै लिन खोज्नु
– सहकर्मीको व्यक्तिगत जीवनबारे अनावश्यक गसिप बनाउनु
– कार्यालयभित्र गुटबन्दीमा लाग्नु
– सहकर्मीलाई अनावश्यक छुनु