NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पुटिनका छोरी र विश्वास पात्रमाथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरी र उनका अन्य विश्वास पात्रमाथि प्रतिबन्ध लगाएको छ । रुसी सेनाले युक्रेनमा ज्यादति गरेका विवरण सार्वजनिक भइरहेका बेला अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो ।

यो सूचीमा पुटिनका छोरीका अतिरिक्त रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभका परिवारसका सदस्यको पनि नाम रहेको बिबिसी समाचारमा उल्लेख छ ।

अमेरिकाले पुटिनका छोरीहरू लक्षित पछिल्ला प्रतिबन्धहरू लागू गर्नुको कारण सम्पत्ति उनीहरूको नियन्त्रणमा रहेको हुनसक्ने ठानिएको छ । बाइडन प्रशासनका एकजना वरिष्ठ अधिकारीले पनि यो शंका व्यक्त गरेका छन् ।

रुस–युक्रेन युद्ध ४३ औं दिनमा प्रवेश गरेको छ । यसबाट ठूलो धनजनको क्षति भए पनि रोकिने संकेत अहिलेसम्म देखिएको छैन ।