NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बाजुरामा चुनावी सरगर्मी : काग्रेस–एमाले भिड्ने मुडमा

सहाराको खोजीमा माओवादी र एस

बाजुरा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी सरगमी बढेको छ । जिल्लाका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

गाउँगाउँ र टोलटोलमा गएर यहाँका राजनीतिक दलले जनतालाई मत माग्न थालेका छन् । पाँच वर्षको नेतृत्व लिनका लागि नेपाली कांग्रेस र नेकपा एमाले बीचको प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तहको पहिलो पार्टीका रुपमा रहेको नेपाली कांग्रेसले आठ पालिकासहित जिल्ला समन्वय समितिको नेतृत्व सम्हाल्ने गरी पार्टीको चुनाव प्रचारप्रसार थालेको छ । २०७४ को स्थानीय निर्वाचनमा तीन पालिकामा हाल दुई पालिकामा नेतृत्व लिएको एमाले पनि आठ पालिकाको नेतृत्व लिने गरी चुनावी रणनीति बनाएर गाउँमा गएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एककिृत समाजवादी भने पाँच दलीय सरकारमा भएकाले नेपाली कांग्रेससँग गठबन्धन गरेर जाने गरी छलफलमा जुटेका छन् । जिल्लाका नौवटै पालिकाका वडामा वडाध्यक्ष र पालिकासम्ममा उपप्रमुखको मागसहित नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्ने योजना बनाइएको छ ।

छ पालिका जितेको नेपाली कांग्रेस पनि स्वामीकार्तिक गाउँपालिका, गौमूल गाउँपालिका र जगन्नाथ गाउँपालिकामा कमजोर देखिएको छ ।

स्वामीकार्तिकमा तत्कालीन एमाले र हाल एकीकृत समाजवादीको सरकार रहेको छ भने अन्य दुई पालिकामा एमालेको सरकार छ ।

चार नगरपालिका र दुई गाउँपालिकासहित जिल्ला समन्वय समितिमा समेत नेपाली कांग्रेसको सरकार रहेको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा बूढीगङ्गा नगरपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा कांग्रेसको सरकार छ ।

गएको स्थानीय तहको निर्वाचनमा छ पालिका जितेको नेपाली कांग्रेसले सहमति र सहकार्य गर्दै वडा तथा पालिकामा सहमतिमा उम्मेदवार बनाउने गरी छलफलमा जुटेको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।

यसैगरी एमालेले पनि वडादेखि पालिकासम्म सहमतिमा सर्वसम्मत नगर वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष छनोट गर्न तयारी थालेको एमालेले जनाएको छ ।

वडादेखि पालिकासम्म उम्मेदवारका आकांक्षी धेरै देखिए पनि उनीहरुबीचको आपसी समझदारीमा सर्वसम्मत वडाध्यक्ष र पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष छनोट गरी चुनावी मैदानमा जाने एमालेले तयारी थालेको हो ।