NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

विभिन्न देशमा राजदूत सिफारिस, मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । करिब ३–४ घण्टादेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बेठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टै बैठक गरेका थिए । विभिन्न देशमा राजदूत नियुक्ति टुंग्याउने विषयमा छलफल भएको हो ।

विभिन्न देशका राजदूत नियुक्त हुन बाँकी छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आजै राजदूतको नाम फाइनल हुनेछ र शुक्रबार निर्णय बाहिर आउनेछ ।

साथै, आजको बैठकमा चुनावी तयारी, सरुवा, बढुवालगायतका विषयमा समेत छलफल हुनेछ ।

प्रधानमन्त्री देउवाले बिहीबार मात्रै कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेका थिए । दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिँदै सो मन्त्रालयमा बन्दीलाई नियुक्त गरिएको हो ।