NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेका छ ।

एन्फाले आज २५ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणमा २४ खेलाडी बोलाएका थिए । आज विशाल राईलाई थप गर्दै २५ सदस्यीय टोली घोषणा गरिएको हो ।

छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोटका खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ ।

यस्तो छ टोली :

Squad: Kiran Kumar Limbu (GK), Deep Karki (GK), Bishal Shrestha (GK), Ananta Tamang, Anjan Bista, Arik Bista, Ayush Ghalan, Bikash Khawas, Bimal Gharti Magar, Darshan Gurung, Devendra Tamang, Dinesh Rajbanshi, Gautam Shrestha, Manish Dangi, Nawayug Shrestha, Pujan Uperkoti, Rohit Chand, Santosh Tamang, Sujal Shrestha, Suman Aryal, Suman Lama, Sunil Bal, Suraj Jeu Thakuri, Tej Tamang, Bishal Rai.