NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मानिस जस्तै सुख दुःखका कुरा गर्छन् च्याउहरु !

काठमाडौं । वनस्पतिमा पनि जीवन हुन्छ भन्ने कुरा तपाइले सँधै सुन्नु भएको होला । यसपटक वनस्पतिको जीवनसँग जोडिएको एउटा अचम्मको कुरा बाहिर आएको छ । जसमा पहिलोपटक वैज्ञानिकहरूले च्याउले पनि आपसमा कुरा गर्छन् भन्ने दाबी गरेका छन् । च्याउलाई फङ्गस पनि भनिन्छ ।

जानकारीअनुसार युनिभर्सिटी अफ इंग्ल्यान्डका प्रोफेसर एन्ड्रयू एडमात्ज्कीले यसबारे अनुसन्धान गरेका हुन् । यी च्याउले मानिसजस्तै आफ्नो मनको कुरा गर्छन् । तिनीहरू सँग ५० शब्द भएकाे आफ्नै शब्दकोश पनि छ । च्याउको प्रत्येक शब्दको लम्बाइ करिब ६ अक्षरको हुने बताइएको छ ।

यस अनुसन्धानमा एन्ड्रयुले च्याउमा मस्तिष्क र चेतना दुवै हुने दाबी गरेका छन् । च्याउमा मानव भाषा जस्तै इलेक्ट्रिकल इम्पल्सेजहरू छन् । यसलाई इलेक्ट्रिकल एक्टिभिटी भनिन्छ । इलेक्ट्रिकल इम्पल्सेजहरूले मानिसहरूले जस्तै तिनीहरू एक अर्कासँग सुख र कहिले दुख बाँड्छन् ।

अध्ययनमा च्याउले एकअर्कालाई मौसमकाे भविष्यवाणी र त्यसबाट हुने खतराको बारेमा पनि जानकारी दिने पत्ता लागेको जनाइएको छ । रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित यस अनुसन्धानमा प्रोफेसर एन्ड्र्युले च्याउको स्पिकिङ प्याटर्न र मानिसको भाषाबीच कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताए ।

तर, केही वैज्ञानिकहरू यसबारे थप अनुसन्धान आवश्यक रहेको विश्वास गर्छन् । यो इलेक्ट्रिकल एक्टिभिटीलाई यति चाँडो भाषा भन्न हतार गर्न नहुने उनीहरूकाे तर्क छ । च्याउको प्रत्येक शब्दमा ६ वटा अक्षरहरू छन् । यो अनुसन्धान चार प्रजातिका च्याउ इनोकी, स्प्लिट गिल, घोस्ट र क्याटरपिलरमा गरिएको हो ।