NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

पशुपति धर्मशालामा ताला नलगाउन अदालतको अन्तरकालीन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको धर्मशालाको मूलगेटमा ताला नलगाउन अन्तरकालीन आदेश दिएको छ ।

पशुपति क्षेत्र विकास कोषले शुक्रबार ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र आफैँ वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरूका नाममा आदेश दिएको छ ।

बतास समूहद्वारा सञ्चालित होटेल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर रिट दायर गरेको थियो ।

गत बिहीबार पर्यटनमन्त्री प्रेमबहादुर आले कोषका पदाधिकारीसहित नेपाल–भारतमैत्री धर्मशाला पुगेका थिए । त्यतिबेला बतास समूहका कर्मचारीले अवरोध गरेका थिए ।

त्यसपछि होटल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष