NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बलिउड अभिनेत्री सोनम कपुरको घरमा चोरी

नयाँ दिल्ली । बलिउड अभिनेत्री सोनम र उनका पति आनन्द आहुजाको दिल्लीस्थित घरमा करोडौंको चोरी भएको घटना बाहिर आएको छ । यो घटना फेब्रुअरी महिनामा भएको थियो ।

सोनम कपूरका ससुराले तुघलक रोड पुलिस स्टेशनमा चोरीको उजुरी दिएका थिए । हाई प्रोफाइलको घटना भएकाले प्रहरीले हालसम्म समाचार गोप्य राखेको थियो । प्रहरी टिमले अझै अनुसन्धान गर्दैछ, हालसम्म अभियुक्तको कुनै सुराग छैन ।

रिपोर्टका अनुसार सोनम कपूरका ससुरा हरीश आहुजा, सासू प्रिया आहुजा र आनन्द आहुजाकी हजुरआमा सरला आहुजा दिल्लीको अमृता शेरगिल मार्गमा रहेको अपार्टमेन्टमा बस्छन् । यस घरबाट चोरहरूले १ करोड ४१ लाख रुपैयाँ बराबरका गरगहना र नगद चोरेका छन् ।

सोनामकी सासुले तुघलक रोड प्रहरी चौकीमा उजुरी दिएपछि कर्मचारीसँग यस विषयमा सोधपुछ भइरहेको छ । दिल्ली पुलिसले २६ कर्मचारी, ९ केयरटेकर, ड्राइभर, माली र अन्य कर्मचारीहरूलाई सोधपुछ गरिरहेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष