NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एनएसीका पूर्वमहानिर्देशक स्वागत नेपालको पार्टीमा

काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वमहानिर्देशक तथा वरिष्ठ क्याप्टेन केबी लिम्बू उन्नत लोकतन्त्र पार्टी प्रवेश गरेका छन् । सो पार्टीका अध्यक्ष स्वागत नेपालले आइतबार उनलाई पार्टीमा स्वागत गरे ।

लिम्बूलाई आइतबार नै अध्यक्ष नेपालले संस्थापक सदस्यता प्रदान गरेका छन् ।

त्यसैगरी, ‘परिर्वतनका लागि हाम्रो आवाज’ का संयोजक साजन विश्वकर्मा पनि नेपाल नेतृत्वको दलमा प्रवेश गरेका छन् ।

पार्टीमा स्वागत गर्दै नेपालले एनएसीको भ्रष्टाचार निमूल गर्ने पात्र लिम्बू भएको भन्दै प्रशंसा गरे ।