NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

६ मिनेटमै रोकिएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल युरोपमा पुनः खेलाइने

काठमाडौं । यसअघि रोकिएको फिफा विश्वकप फुटबल छनोटअन्तर्गतको ब्राजिल र अर्जेन्टिनाबीचको खेल युरोपमा हुने निश्चित भएको छ ।

गत सेप्टेम्बरमा ब्राजिलमा ६ मिनेटमै रोकिएको उक्त खेल युरोप महादेशमा हुने निश्चित भएको अर्जेन्टिनी सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त खेल युरोपमा हुने निश्चित भए पनि कुन देशमा हुन्छ भन्ने तय भएको छैन । सम्भवतः जुन महिनामा इंग्ल्याण्डमा हुनेछ ।

गत सेप्टेम्बरमा ब्राजिलमा खेल भइरहँदा त्यहाँका स्वास्थ्य अधिकारीले उक्त खेल रोकेका थिए । चारजना अर्जेन्टिनी खेलाडीले कोरोना नियम नमानेको उनीहरूले आरोप लगाएका थिए ।