NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

शाओमी १२ र शाओमी १२ एक्स नेपाली बजारमा

काठमाडाैं । शाओमीले आफ्नो फ्ल्याग्शिप फोन, शाओमी १२ र शाओमी १२ह नेपाली बजारमा ल्याएको छ। प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफ्री र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक AI एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुबै फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने ‘शाओमीमा हामी नयाँ–नयाँ प्रविधी र नयाँ–नयाँ पिफ्चर भएको फोन लिन चाहने उपभोत्तफको लागि सधैँ टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फमेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित छौँ । यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ र शाओमी १२ एक्स लन्च गरेका छौँ, आशा छ यहाँहरुले दुबै फोनलाई मन पराइदिनुहुनेछ ।’

उनले थपे, ‘उत्कृष्ट क्यामेराहरू संयोजन गरेर प्रदर्शनी र नवीनतालाई जोड दिदै शाओमी १२ र शाओमी १२ एक्स मा १३ एम्पी अल्ट्रा-वाइड एंगल क्यामेरा छ । दुबै उपकरणमा उन्नत क्लालकम स्नापड्रागन सुविधाहरू छन् र डिस्प्लेमेटले ए प्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले रहेको छ जसले टु कलर सपोर्ट गर्दछ। यी दुबै उपकरणहरूको कम्प्याक्ट बडी डिजाइनमा ४ हजार ५०० मेगहर्ज ब्याट्रीहरू फिट हुन्छन्।’

सिनेम्याटिक शट एनि टाइम

शाओमी १२ र शाओमी १२ एक्स बाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै पफेटो खिच्न सकिन्छ, चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृष्य होस् । दुबै फोनमा बहुमुखी शूटिंगको लागि प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० एम्पी मुख्य क्यामेरा छन् जसले शाओमी १२ मा ८ के रेकर्डिङ क्षमता प्रदान गर्दछ। शाओमी १२ र शाओमी १२ एक्स ले १३ एम्पी अल्ट्रा वाइड एंगल क्यामेरा, ५ एम्पी टेलिम्याक्रो क्यामेरासहित, जीवनलाई विभिन्न दृष्टिकोणबाट चित्रण गर्ने मौका प्रधान गर्छ ।

शाओमी १२ र शाओमी १२ एक्स दुबै आँखा र अनुहार स्वतस् फोकस पनि समावेश छ। यसको साथै यसमा भएको वान क्लिक सिनेमा पिफ्चरमा प्यारालल वर्ल्ड, प्रिफ्ज प्रफ्मे भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामर्थ्य राख्छ।

फ्ल्यागशिप प्रोसेसिङ, अद्वित्तिय पर्फमेन्स र पावर एपिफ्सियन्सी

फ्ल्यागशिप फोनको अनुभव लिन फ्ल्यागशिप पर्फमेन्स चाहिन्छ। शाओमी १२ र शाओमी १२ एक्स दुबैमा उन्नत क्लाकम, स्नापड्रागन प्रोसेसर छ – जुन क्वालकमको सबैभन्दा लेटेस्ट मोबाइल प्लेटफर्म हो ।

यसमा भएको ४ एनएमको प्रोसेसरले जीपीयू ग्राफिक रेन्डरिङ क्षमतालाई ३०५ सम्म बढाउनुको साथै पहिलाको फोन को तुलनामा यसमा २५५ बढी ब्याट्रि टिक्छ । साथै यसमा भएको यूएफएस ३.१ स्टोरेज र LPDDR5 RAM ले एप लोडिङ र डेटा ट्रान्स्पफ्रको स्पिड बढ्नुका साथै उत्कृष्ट मेमोरी स्पीड प्रदान गर्छ भने सुपर लार्ज भेपर च्याम्बर र ग्रेफाइटको थुप्रै लेयर भएको हाइ पर्फर्मिंग कुलिङ सिस्टमले फोन धेरै तात्नबाट बचाउँछ।

असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्स

यी दुबै फोनमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटिमा कैद गर्ने मात्र नभई हरेक पलहरु पुनः जीवित गर्दै छ। ट्रु कलर सपोर्ट गर्ने र डिस्प्लेमेटले ए प्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले भएको हुँदा यसमा स्पष्टसँग भिडियो हेर्न सकिन्छ । साथै यसमा र्स्क्याच रेसिस्टान्ट Corning® Gorilla® Glass Victus® राखिएको हुँदा स्क्रीन कोरिने चिन्ता हुँदैन ।

यसमा डल्बी एट्मस® पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ जसले इमर्सिभ अडियो एक्स्पिरियन्स प्रदान गर्छ । भन्नुको मतलब यो फोन को साउन्डमा रिच डिटेल, क्लारिटी र रियालिजम छ । शाओमी १२ र शाओमी १२ एक्स दुबैले इमर्सिभ गेमिङ वा भिडियोको लागि सन्तुलित स्टेरियो साउण्ड प्रदान गर्दछ।

प्रयोगकर्तालाई थप अनुकूलन थप अनुभव प्रधान गर्न शाओमी १२ र शाओमी १२ एक्स मा MIUI १३ समावेश गरिएको छ जुन यसै वर्ष विश्वव्यापी रुपमा रिलिज भएको थियो । MIUI १३ ले फोन मा चाँडो स्टोरज गर्न, ब्याकग्राउन्ड प्रोसेसिङ उच्च प्रभावकारी रुपमा र स्मार्ट तरिकाले गर्न र ब्याट्रि लाइपफ् लामो बनाउने काम गर्छ । साथै यसमा शाओमीको प्रोप्राइटरी लिक्विड स्टोरेज, अटोमाइज्ड मेमोरी, फोकस्ड अल्गोरिदम र स्मार्ट ब्यालेन्स जस्ता नयाँ फिचरहरु पनि छन् ।

नेक्स्ट लेभल चार्जिङ स्पिड
शाओमी १२ र शाओमी १२ह दुबैमा नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी छ जसले गर्दा यसले पुरा दिन प्रो–ग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्न सक्छ । शाओमी १२ र शाओमी १२ एक्स दुबैले छिटो पावर-अपको लागि टठध् वायर्ड टर्बो चार्जिङ सपोर्ट गर्दछ। यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स चार्जिङको सुविधा पनि छ । यसको ब्मबउतष्खभऋजबचनभ पिफ्चरमा भएको स्मार्ट चार्जिङ एल्गोरिथ्मले ब्याट्रिको शेल्पफ् लाइपफ् पनि बढाउँछ ।

आइकोनिक डिजाइनको साथै फ्ल्यागशिप क्षमता

यसको डिजाइन प्रयोगकर्तालाई मध्यनजर गरी औसत नेपालीको हातमा आरामसँग अटौने आकारको रहेको छ। त्यसैले यसलाई पोर्टेबल पकेट–साइज स्टुडियो पनि भन्न मिल्छ । यसको स्लिम र हाइ कपासिटीको ब्याट्री अनि सानो रिज ग्यापले स्क्रीनको स्पेस पनि मजासँग सेभ गरेको छ । यसको ६.२८ inch को डिस्प्ले मात्र ६९.९mm चौडाइ रहेको छ जसलाई यसको स्मूध कर्भले आकर्षक देखाएको छ ।