NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

स्थानीय तहको चुनावकेन्द्रित कांग्रेसका ८ उद्देश्य के–के छन् ?

काठमाडौं । कांग्रेस प्रचार प्रसार समितिले स्थानीय तहकाे निर्वाचनकाे लागि ८ उद्देश्य अघि सारेकाे छ ।

समितिले निर्वाचनको माहौल बनाउने अपिल गर्ने, वडा र टोलसम्म सौहार्दता, एकता र उर्जासहित कांग्रेसका उम्मेदवारलाई विजयी गराउने, पार्टी विधानको व्यवस्था अनुृसार पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने भएकाे छ ।

नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्नेसहितका छन् ।

प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचचनसम्म पुग्दा प्रायःलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने विषयलाई पनि पार्टीको उद्देश्यमा राखिएको छ ।

राष्ट्रिय सहमति निर्माण गरी सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी नेपालीसभापति एवं प्रधानमन्त्रीको सुझवुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसदबाट पारित भएको विषयलाई जनतासमक्ष लाने पनि कांग्रेसको भनाई छ । एमसिसीबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई वुँदागत रुपमा चिर्दै जाने पनि प्रचार समितिले जनाएको छ ।