बच्चालाई सानैदेखि सिकाउनुहोस् यस्ता स्वस्थ बानी
काठमाडौं । बच्चाहरूलाई सिकाउने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरूलाई सुरुदेखि नै सिकाउनु हो, त्यसैले केही बानीहरु आमाबाबुले उनीहरुलाई सुरुदेखि नै सिकाउनु पर्छ, जुन बच्चाको स्वस्थ बानी बन्न पुग्छन् ।
बाल्यकालमा स्वस्थ बानी सिकेर, बच्चाहरूले यसलाई सधैंभरि दिनचर्याको रूपमा पालन गर्न थाल्छन् । आउनुहोस्, जान्नुहोस् कुन बानीहरू सुरुदेखि नै सिकाउनुपर्छः
-बालबालिकाको स्वस्थ बानीमा बिहान उठ्नासाथ फ्रेस हुन सिकाउनुपर्छ । यी बानी अपनाएपछि बालबालिका सक्रिय रहन्छन् । बिहान उठ्नेवित्तिकै शौचालय जाने, ब्रस गर्ने र नुहाउने बानी अपनाउनु पर्छ ।
-बिहानैदेखि पानी पिउने बानी बसाल्नुहोस् । बालबालिकालाई बिहान तातो पानी खुवाउनुहोस्, जसले गर्दा उनीहरुको शरीरलाई डिटक्सिफिकेसन गर्न सकिन्छ । बाल्यकालदेखिको यो बानीले ठुलो हुँदा पनि धेरै फाइदा गर्छ ।
-मोबाइलमा पढ्नुको सट्टा, बच्चाहरूलाई किताब पढ्न लगाउनुहोस् । यसोगर्दा उनीहरुलाई राम्रो निन्द्रा लाग्छ । राति सुत्नुअघि बालबालिकाको हातमा मोबाइल कहिल्यै नदिनुहोस् ।
-बालबालिकालाई आफ्नो मनको कुरा गर्न उत्प्रेरित गर्नुहोस् । यसो गर्दा बालबालिकाले आफ्ना समस्याहरू सुनाउँछन् । आफ्ना कुरा लुकाउँदैनन् । यस तरिकाले तपाईंले बच्चाहरूको सही र गलत आनिबानी छुट्याउन सक्नुहुन्छ ।
ताजा अपडेट
-
होर्मुज नाकाबन्दीपछि ओमानबाट तेल निर्यातको नयाँ बाटो, जहाजबाट जहाजमै तेल स्थानान्तरण
-
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
-
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका ५ निर्णय
-
नवीन सोचसहित स्वदेशमै रोजगारी सिर्जना गर्न जेन–जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह
-
प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाँदै, प्रतिनिधिमण्डलमा को-को?


प्रतिक्रिया