NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपाल र जिम्बावेबीच हुने सिरिजको तालिका सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बावे ’ए’ बीतको खेलको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज खेल तालिका सार्वजनिक गरेको हो ।

खेल तालिकाअनुसार नेपाल र जिम्बावे ’ए’ बीचको सिरिज वैशाखमा हुनेछ ।

नेपालले जिम्बावे ’ए’सँग घरेलु मैदानमा तीन–तीनवटा एकदिवसीय र टि–ट्वान्टी खेल खेल्नेछ ।

सिरिज वैशाख १७ गते काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका टेस्ट टोलीका केही सदस्यसमेत आउने बताइएको छ ।

५० ओभरको सिरिज वैशाख १७ देखि २१ सम्म चल्ने छ भने टि–ट्वान्टी वैशाख २३ देखि २६ सम्म हुनेछ ।

के नेपालसँग खेल्न साँच्चै जिम्बावेको टेष्ट टोली नै आउन लागेको हो ?

ताजा अपडेट

नेपालवाच विशेष