NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

काठमाडौं । काठमाडौंबाट प्रकाशित अखबारले विविध विषयलाई समाचारको रूप दिएर छापेका छन् । बोक्सी धपाउने भन्दै धामीझाँक्रीले कुटपिट गर्दा कञ्चनपुरमा भएको महिलाको मृत्युलाई आजका सबै अखबारहरूले प्राथमिकतापूर्वक कभरेज गरेका छन् ।

स्थानीय तह निर्वाचनलाई लक्ष्य गरेर पनि पत्रपत्रिकाले उत्तिकै सामग्री प्रकाशन गरेका छन् । नयाँ पत्रिकाले गठबन्धनसँग भिड्न एमालेले बनाएको सात रणनीतिबारे चर्चा गरेको छ । अन्नपूर्णले टिकट हत्याउन भइरहेका गतिविधिबारे नजर लगाएको छ ।