NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ठूला महानगरमा गठबन्धन दलहरू सहमतिनजिक, कुन महानगर कुन दलको भागमा ?

काठमाडौं । सत्ता गठबन्धन दलबीच सोमबार महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागबण्डा टुंगो लगाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले महानगर र उपमहानगरको प्रमुख पदको भागबण्डा मिलाउने सहमति गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

गत हप्ता बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरको उम्मेदवारी केन्द्रले नै टुंग्याउने सहमति भएको थियो । स्रोतका अनुसार काठमाडौं, ललितपुर, विराटनगर कांग्रेसले लिने, भरतपुर माओवादीले, पोखरा एकीकृत समाजवादीले र वीरगञ्ज जसपा लिनेगरी दलहरू सहमतिनजिक पुगेका छन् ।

बैठकमा एकीकृत समाजवादीले काठमाडौं आफूलाई छाडेर अन्यमा भागबण्डा गर्ने प्रस्ताव राखेका थियो । समाजवादीलाई छोड्न कांग्रेसले मानेको छैन । त्यस्तै भरतपुरमा माओवादीलाई छोड्न नसकिने भन्दै चितवन कांग्रेस नेताहरू नेतृत्वलाई दबाव दिइरहेका छन् । कांग्रेस शीर्षस्थ तहमा पनि फेरि भरतपुर माओवादीलाई दिन नहुनेगरी आवाज उठिरहेको छ । ११ उपमहानगरपालिकाको भागबण्डा भने मिलिसकेको छैन ।

यसैबीच कांग्रेस कार्यसम्पादन समितिमा पनि भरतपुर माओवादीलाई दिन नहुने आवाज उठेको छ । महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर माओवादीलाई दिन नहुने भन्दै पुनर्विचार गर्न पार्टी नेतृत्वसमक्ष आग्रह गरेका छन् । शनिबार बसेको बैठकमा शर्माले यस्तो आग्रह गरेका हुन् ।

३० वैशाखमा ७५३ वटै स्थानीय तहमा हुने निर्वाचनमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा पार्टी केन्द्रबाटै उम्मेदवारको टुंगो लगाउने तयारी छ । एमालेविरुद्ध देशैभर सत्ता गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले मिलेर चुनाव लडुने सहमति गरिसकेका छन् ।

६ महानगरपालिकामा तीनवटा कांग्रेसलाई, तीनवटा अन्य दललाई, कुन महानगर कुन दललाई ?