NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । स्थानीय तह निर्वाचनबारे जानकारी दिन प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पत्रकार सम्मेलन तय भएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

आसन्न स्थानीय तह निर्वाचन तयारी, चुनावी तालमेललगायत विषयमा प्रचण्डले जानकारी गराउने बताइएको छ ।