NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

आइपिएलको शीर्ष २ मा दुवै नवप्रवेशी टोली, सर्वाधिक विजेताहरू नवौं र १० औँमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)का ५–६ खेल सकिँदा नवप्रवेशी गुजरात टाइटन्स शीर्ष स्थानमा रहेको छ ।

गएराति चेन्नई सुपर किंग्सलाई तीन विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।

६ खेल खेलेको गुजरात पाँच जित र एक हारसहित १० अंकसहित शीर्ष स्थानमा रहेको हो ।

यस्तै अर्को नवप्रवेशी टोली लखनाऊ सुपर जाइन्ट्स पनि अंक तालिकाको दोस्रो स्थानमा छ । लखनाऊले आठ अंक बनाएको छ ।

रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादको पनि समान आठ अंक छ । तर, नेट रनरेटका आधारमा लखनाऊ दोस्रो स्थानमा रहन सफल भएको छ । बैंग्लोर र हैदरावाद क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

दिल्लीमाथि बैंगलोरको जित

यसैगरी, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान ६ अंक छ । यद्यपि, नेट रनरेटका आधारमा राजस्थान पाँचौ, कोलकाता छैटौं र पञ्जाब सातौं स्थानमा छन् ।

यस्तै, दिल्ली क्यापिटल्स चार अंकसहित आठौं, चार पटकको विजेता चेन्नई दुई अंकसहित नवौं र सर्वाधिक पाँच पटकको विजेता मुम्बई इण्डियन्स अन्तिम तथा १० औँ स्थानमा छन् ।

सर्वाधिक पाँचपटक उपाधि जितेको मुम्बईले यो सिजन एक खेल पनि जितेको छैन ।

आइपिएलमा यसै वर्षदेखि आठबाट बढाएर १० टोली बनाइएको हो । डेब्यु गरेका गुजरात र लखनाऊ हालसम्म पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

मुम्बईको छैटौं हार, लखनउ शीर्ष स्थानमा

शीर्ष चार टोलीले मात्र प्ले अफमा स्थान बनाउने छन् ।

यता, सर्वाधिक पाँच र चारपटक उपाधि जितेका मुम्बई र चेन्नई भने अन्तिम दुई स्थानमा रहेका छन् ।

आइपिएलको १४ औं संस्करण सकिँदा मुम्बई पाँच, चेन्नई चार र कोलकाता दुईपटक विजेता भएका छन् ।

त्यस्तै, राजस्थान, डेकन चार्जर्स र हैदरावादले समान एकपटक उपाधि जितेका छन् ।

हेरौं अंक तालिका :

आइपिएलमा गुजरातको पहिलो पराजय