गठबन्धनको बैठक चलिरहँदा अमेरिकी राजदूत बालुवाटारमा !
काठमाडौं । चुनावी तालमेल मिलाउन सत्ता गठबन्धनको बैठक बसिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरी प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् ।
बैठक चलिरहँदा राजदूतको झण्डावाल गाडी बालुवाटारस्थित प्रधानमन्त्रीको भेटघाट कक्षतर्फ गएको हो । यद्यपि, अनौपचारिक भेटघाट भएकाले गाडीको झण्डा भने छोपिएको छ ।
बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अमेरिकी राजदूत बेरी बालुवाटार गएका हुन् । उनीहरूबीचको भेट पूर्व निर्धारित रहेको स्रोतको दाबी छ ।
६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवारको दलीय भागबण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक आज बिहान निष्कर्षविहीन बनेको थियो ।
बैठकमा माओवादी केन्द्र र नेकपा एसले धेरै उपमहानगरपालिकामा भागबण्डा खोजेपछि सहमति नभएको हो ।
सहमति जुटाउन पुनः बैठक बसेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया