गठबन्धनको बैठक : कार्कीले भने, ‘सहमतिनजिक छौं’
काठमाडौं । स्थानीय तह निर्वाचनमा ६ महानगर र ११ उपमहानगरमा उठ्ने उम्मेदवार टुंगो लगाउन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबनधनको बैठक बसिरहेको छ ।
यसैबीच, बैठक सहमतिनजिक रहेको कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठक चलिरहँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले दलका नेताहरू सकारात्मक निर्णायक विन्दूमा पुग्न लागेको बताए ।
मंगलबार बसेकोे बैठकमा पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्ने, नछाड्ने विषयमा विवाद भएपछि विनानिष्कर्ष टुंगिएको थियो ।
तर, आजको बैठकमा पोखरा महानगर एकीकृत समाजवादीलाई दिने सहमति जुटेको छ । यससँगै ६ महानगरको भागबन्डा सकिएको बताइएको छ ।
बैठक दिउँसो ३ बजेदेखि जारी बैठक विश्रामपछि राति १० बजे पुनः बस्ने बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया