NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पल शाह प्रकरण : नाबालिग गायिकाका बुवाले पनि बयान फेरे

काठमाडौं । आफ्नै नाबालिग छोरीमाथि अभिनेता पल शाह (पूर्णविक्रम शाह)ले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएका ‘पीडित’ बुवाले बयान फेरेका छन् ।

बलात्कार घटनाको बकपत्र गर्ने क्रममा उनले बयान फेरेका हुन् । जिल्ला अदालत तनहुँमा मंगलबार बकपत्र गराउँदा उनले दबाब र प्रभावमा परेर जाहेरी दिएको बताएका छन् ।

यसअघि आइतबार पीडित भनिएकी नाबालिग गायिकाले पनि यस्तै बयान दिएकी थिइन् ।

अरूको उक्साहटमा आफूले अभिनेता शाहविरुद्ध बयान दिएको ती गायिकाले बताएकी थिइन् ।