NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

घुस लिइरहेको अवस्थामा नेपाल प्रहरीका सई समातिए

काठमाडौं । बागलुङमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) रुपनारायण महतो घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३८ हजार रुपैयाँ घुससहित बागलुङस्थित विपत् व्यवस्थापन गुल्मनजिकैबाट उनलाई आज पक्राउ गरेको हो ।

सई महतोले म्याग्दीकी धर्मकुमारी क्षेत्री र पाँचथरका रमेश लिम्बूबीचको लेनदेन विवाद मिलाइदिन्छु भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।