NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

जसपाले प्रत्येक वर्ष पाँच सय युवालाई रोजगारी दिने (घोषणापत्रसहित)

महिलाका लागि पाँच प्रतिशत ब्याजदरमा १० वर्षका लागि एक करोड दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रत्येक वर्ष ५०० युवाहरूलाई रोजगरी दिने घोषणा गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि बुधबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै प्रत्येक वडामा ५० जनाको दरले पाँच सय युवालाई रोजगारी दिने घोषणा गरेको हो ।

१६ पन्ने घोषणापत्रमा पर्यटन गाइड तथा होमस्टे कार्यक्रमहरू सञ्चालन गर्न चहने युवाहरूलाई निशुल्क तालिमको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै महिलाहरूलाई उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा १० वर्षका लागी रू १ करोड सम्म ५ प्रतिशत ब्याजदरमा ऋण दिने घोषणापत्रमा उल्लेख गरेको छ ।

यस्ता छन् युवा रोजगारको विषयमा जसपाको घोषणापत्रमा उल्लेख गरिएका बुँदाहरू :

१. पर्यटक गाइड तथा होमस्टे कार्यक्रमहरू संचालन गर्न चाहनेहरूलाई आवश्यक तालिम
सेवा उपलब्ध गराइने छ । यसमा लाग्न चाहने युवाहरूलाई निशुल्क तालिम प्रदान गरिने छ ।

२. काष्ठ तथा फर्निचर, टेक्सटाइल (साना तथा मझौला), इलेक्ट्रिकल–मेकानिकल सामग्री, कृषि तथा पशुपालन, वागवानी, सिमेन्ट, ईटा, साबुन, डिटर्जेण्ट, होटल–पार्टी प्यालेस स्थापना तथा सञ्चालन र पेट्रोल पम्प संचालनजस्ता विषयहरूमा प्रत्येक वर्ष हरेक वडाका ५० जना गरेर नगरपालिकाका ५०० युवालाई रोजगारी एव उत्पादन मूलक विषयगत तालिमको व्यवस्था गरिने छ । राम्रो उद्यम गर्ने ५० जनालाई विदेशमा गएर तालिम लिएर आउने व्यवस्था मिलाईने छ ।

३. रोजगार, स्वरोजगार तथा उद्यमशिलताको तालिममा गरीव परिवार, महिला तथा दलित
समुदायलाई प्राथमिकता दिइने छ ।

४. प्रत्येक वडामा एक फुटसल सहित एक खेलकुद मैदान बनाइने छ ।खेलकुद क्षेत्रमा लाग्न चाहने युवाहरूलाई प्रोत्साहन मूलक कार्यक्रमहरूको व्यवस्था गरिने छ ।

५. वैदेशिक रोजगारमा गएका युवाहरूको व्यक्तिगत सुरक्षा, उनीहरूले कमाएको पुँजी जलविद्युत, उद्योगधन्दा जस्ता योजनामा सेयर लगानी गर्न पाउने उचित व्यवस्था गरिने छ । यसको लागि एउटा छुट्टै कोष खडा गरिने छ ।

५) युवा तथा लैङ्गिक मैत्री बजेटको व्यवस्थापन गर्न विशेष ध्यान दिइने छ ।
ख) महिला हिंसाको अन्त्यका लागि ‘फाष्ट ट्रयाक महिला न्याय यूनिट’ को ब्यवस्था हुने छ ।

जसपाको घोषणपत्र यस्ता छन् :