NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सत्ता गठबनधनले ११ उपमहानगरमा यसरी मिलायो भागबण्डा

काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको पाँचदलीय सत्ता गठबन्धनबीच ६ वटा महानगरपालिकासँगै ११ वटा उपमहानगरपालिकामा पनि सहमति जुटेको छ ।

उपमहानगरपालिकामा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ११ मध्ये सातवटामा मेयरको उम्मेदवार पाएको छ । जसमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, र धनगढीको मेयर पद पाएको हो ।

साथै, कांग्रेसले जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पनि लिएको छ ।

No description available.

यस्तै, नेकपा (माओवादी केन्द्र)ले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद पाएको छ भने धरान र धनगढीको उपमेयर हात पारेको छ ।

नेकपा (एमाले) विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)ले हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदारी पाएको छ । यसैगरी, इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पनि लिएको छ ।

जनता समाजवादी पाटी (जसपा)ले जनकपुर उपमहानगरपालिकाको मेयर तथा कलैया र नेपालगञ्जको उपमेयर लिने निश्चित भएको छ ।

सत्ता गठबनधनकै दल राष्ट्रिय जनमोर्चाले भने कुनै पनि महानगर र उपमहानगरको भागबण्डामा हिस्सा पाएन ।

No description available.

६ महानगरमा सत्ता गठबन्धनको भागबण्डा मिल्यो, कहाँ कुन दलले पाए मेयर र उपमेयरको उम्मेदवार ?