NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गर्मी मौसममा भिटामिन डी को कमी हुन नदिन खाने गरौँ यी फलफूल

काठमाडाैं । हाम्रो शरिरको लागि विभिन्न प्रकारको भिटामिनको आवश्यक पर्छ । त्यसमध्ये हाम्रो शरीरलाई भिटामिन डी पनि धेरै चाहिन्छ । भिटामिन डी हाम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण मानिन्छ ।

हाम्रो शरीरमा सूर्यको किरणबाट भिटामिन डी बन्ने गर्छ । शरीरलाई स्वस्थ र फूर्तिलोका साथसाथै सुचारु रूपमा चलाउनका लागि धेरै किसिमका पोषक तत्वहरू चाहिन्छ, जसमध्ये एउटा हो भिटामिन डी । शरीरमा भिटामिन डीको कमीले हड्डी कमजोर बनाउँछ । यति मात्रै नभएर जोर्नी दुख्ने, ढाड दुख्ने,मांसपेशी दुख्ने समस्या पनि हुन सक्छ । गम्भीर अवस्थामा, भिटामिन डीको कमीले गठिया, रिकेट्स र ओस्टियासमेत निम्त्याउन सक्छ ।

भिटामिन डीलाई सनसाइन भिटामिन भनिन्छ, किनभने शरीरमा हुने भिटामिन डीको कमी घामको किरणले पनि हटाउन सकिन्छ तर गर्मीका दिनमा घामको किरणमा बस्न सकिँदैन । गर्मीको मौसममा चर्को घाममा उभिन असम्भव हुन्छ । यस्तो अवस्थामा गर्मीमा भिटामिन डीको कमी कसरी पूरा गर्ने भन्ने प्रश्न उठ्छ । त्यसोभए यहाँ केही फलफूलको बारेमा जानाैँ । जुन फलफूल खाएर गर्मी मौसममा पनि भिटामिन डीको कमीलाई पूरा गर्न सकिन्छ ।

सुन्तला

नेपालमा धेरै थोरै फलहरू छन् जसमा भिटामिन डी पाइन्छ । विश्वमा ७५ प्रतिशत मानिसहरू दुग्धजन्य पदार्थबाट एलर्जी भएको अनुमान गरिएको छ । कोही मानिसहरु शाकाहारी हुन्छन्, जसको शरिमा भिटामिन डी को अभाव भएको हुन सक्छ ।

यस्तो अवस्थामा भिटामिन डीको कमीलाई पूरा गर्न सुन्तला निकै फाइदाजनक मानिन्छ । सुन्तला वा सुन्तलाको जुसमा धेरै पोषक तत्वका साथसाथै क्याल्सियम पनि पाइन्छ ।

केरा केरा केरालाई भिटामिन डीको राम्रो स्रोत पनि मानिन्छ । यसका कारण केरामा म्याग्नेसियमको मात्रा बढी हुन्छ, जसले भिटामिन डीलाई सक्रिय बनाउँछ । भिटामिन डी को लाभ प्राप्त गर्न आहारमा आवश्यक मात्रामा म्याग्नेसियम समावेश गर्न पनि सुझाव दिइएको छ ।

मेवा

मेवा मेवा वर्षभरि पाइने फल हो । यसको सीमित मात्रामा सेवन गर्नाले शरीरलाई कुनै हानी हुँदैन । मेवामा भिटामिन डीसँगै भिटामिन बी र सी पनि उच्च मात्रामा पाइन्छ । यसमा फस्फोरस, म्याग्नेसियम, सोडियम पाइन्छ ।

शरिरमा भिटामिन डीको लक्षण :

हड्डी कमजोर हुनु

शरिमा भिटामिन डीको कमीले हड्डी कमजोर हुन थाल्छ । बलियो हड्डीको लागि क्याल्सियमको आवश्यकता पर्दछ । भिटामिन डीले शरिरमा क्याल्सियम अभावलाई पूरा गर्न मद्दत गर्छ ।

मांसपेशी दुख्ने

भिटामिन डीको कमीले शरिका मांशपेशी दुख्ने गर्छ । शरिरमा पर्याप्त मात्रमा भिटामिन डीको मात्रा पुगेन भने यस्तो हुने हो ।

थकान

धेरै मानिसहरु घर या अफिसको ज्यादा कामले थकान भएको सोच्ने गर्दछन् । तर वास्तवमा कामले मात्र थकान हुन्छ भन्ने हुँदैन । भिटामिन डीको कमीले गर्दा धेरै थकान महसुस हुने गर्दछ । भिटामिन डीको कमीले ब्लड प्रेसर लो हुन जान्छ । यसले पनि थकान महसुस हुन्छ ।