NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

ललितपुरमा अक्सिजन प्लान्ट विस्फोट, १ को मृत्यु, ४ घाइते

काठमाडौं । ललितपुरमा अक्सिजन प्लान्ट विस्फोट भएको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते छन् ।

लगनखेलस्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथाको प्लान्टमा बिहीबार बिहान विस्फोट भएको हो ।

महानगरीय प्रहरी परिसर, लतिलपुरले अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको जनाएको छ ।

मृतकको परिचय अहिलेसम्म खुलाइएको छैन भने घाइतेलाई उद्धार गरेर पाटनलगायत अस्पताल पुर्याइएको छ ।

घटनास्थल पुगेको प्रहरीले अहिले उद्धारसँगै कारणबारे अनुसन्धान थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीकै सहमतिमा गभर्नर हटाइएको हो : प्रचण्ड

ताजा अपडेट

नेपालवाच विशेष