NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

थप १५ जनामा कोरोना पुष्टि, ३२ जना संक्रमणमुक्त 

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बिहीबार थप ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबार कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २९८ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५ हजार ७२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।