NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सलमानको कार्यक्रममा शिव र सुवानीसँगै १४ भन्दा बढी कलाकारको प्रस्तुति

काठमाडौं । आगामी वैशाख १५ मा नेपालमा हुन लागेको बलिउड अभिनेता सलमान खानको कार्यक्रममा १४ भन्दा बढी नेपाली कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिने भएका छन् ।

सलमानको ‘द दबङ रिलोडेड टुर’का लागि शिव परियार, सुवानी मोक्तान, सुशान्त केसी र त्रिशला गुरुङले गायन प्रस्तुति दिनेछन् ।

यस्तै, रोहित शाक्य, सबीर श्रेष्ठ, प्रवीणकुमार श्रेष्ठ, स्वप्न सुमन, टुनाबेल थापा र संगीता दुलालले पनि गायन प्रस्तुति दिने आयोजक ओडिसी इन्टरटेनमेन्टले जनाएको छ ।

यसैगरी, कार्यक्रममा अभिनेत्रीद्वय मुना गौचन र माला लिम्बूले डान्स प्रस्तुति दिने निश्चित भएको तथा अझै केही कलाकार थपिने आयोजकको भनाइ छ ।

साथै, डिजे प्रेम र रेडमसले डिजेइङ प्रस्तुति दिने छन् भने सञ्जय गुप्ताले कन्सर्ट होस्ट गर्ने प्रबन्ध निर्देशक सीमान्त गुरुङले जानकारी दिए ।

सलमानको नेपाल भ्रमण : १५ सय सुरक्षाकर्मी, ७ अंगरक्षक

ताजा अपडेट

नेपालवाच विशेष