NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव र नेता जीवराज आश्रितको शालिक तोडफोड भएको छ । हेटौंडा उपमहानगरपालिका–९ स्थित दिब्य बाल उद्यानमा निर्माणाधीन अवस्थामा रहेको दुई नेताको शालिक गएराति तोडफोड भएको हो ।

भण्डारीको शालिकको शीरतर्फको भाग फुटाएर फ्याँकिएको छ भने आश्रितको पूरै शालिक निकालेर फालिएको छ ।

शालिकबाहेक उद्यानका अन्य संरचनाहरू भने पूर्ववत अवस्थामा रहेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय, पशुपति नगरले घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षक अविनाश अधिकारी नेतृत्वको एक टोलीलाई त्यसतर्फ पठाइएको जनाएको छ ।