NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

के छन् एमालेको ४८ पन्ने घोषणापत्रको पाँच वर्षे योजनामा ?

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि जारी गरेको पार्टीको घोषणापत्रमा केपी ओली नेतृत्वको सरकारले गरेका कामलाई लिपीबद्ध रूपमा प्रचारमा ल्याएको छ । पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार केन्द्रीय कार्यालय ललितपुरबाट घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले संविधान र संघीयताको सफल कार्यान्वयन गरेर नेपालले विश्वमै नयाँ दृष्टान्त स्थापित गर्न सफल भएको दावी गरेको छ ।

घोषणापत्रमा नयाँ योजनाभन्दा पनि पुरानै एजेण्डालाई आफ्नो सफलता भएको दाबी गरिएको छ । लिम्पियाधुरासहितको कालापानी क्षेत्र समेटिएर नयाँ नक्सा जारी गर्नु, भूकम्पले भत्काएका धरहरा, रानीपोखरी लगायत सांस्कृतिक सम्पदाको पुननिर्माण गर्नु महत्वपूर्ण सफलता भएको उल्लेख गरेको छ । आफ्नै नेतृत्वको सरकारले पूर्व–पश्चिम रेलमार्गको सुरुवात, लोकमार्ग, दु्रतमार्गको सुरुवात, सुरुङमार्गको सुरुवात गरेर भौतिक पूर्वाधार विकासमा नयाँ फड्को मारेको दाबी गरेको छ ।

त्यस्तै एमालेले जनादेशलाई विस्थापित गरी परमादेशबाट शासन गर्ने गलत प्रवृत्ति हावी भएको र यसले संविधान र लोकतन्त्रलाई कमजोर बनाएको उल्लेख छ । घोषणापत्रमा भूकम्पले भत्किएका ८ लाख घर पुननिर्माण गरी हस्तान्तरण गरिएको आर्थिक वृद्धिदर ७ प्रतिशत कायम भएको बाह्य लगानी व्यापक रूपमा भित्रिएको उल्लेख छ ।

त्यस्तै उसले आगामी दुई वर्षभित्र सबै नेपालीको घर–घरमा स्वच्छ खानेपानी, निशुल्क विद्युत पुर्याउने प्रतिबद्धता जनाएको छ । गम्भीर रोग लागेकालाई निशुल्क उपचार गर्ने र ७५३ तहको वडा स्तरमा स्वास्थ्य चौकी विस्तार गर्ने प्रतिवद्धता जनाएको छ ।

यस्तो छ घोषणापत्रको मूख्य बुँदाहरू

– अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने गलत, अलोकतान्त्रिक र अराजक नजीर स्थापित गरियो । जनादेश अपमानित एवं विस्थापित हुने र परमादेशबाट शासन चलाउने हानीकारक अभ्यास सुरु भयो ।

– मुलुकको अग्रगतिको यात्रामा बाधक बनेर खडा भएका यस गठबन्धनबाट मुलुकले अविलम्ब मुक्ति खोजेको छ । राजनीतिक अवसरवाद, सत्ता स्वार्थ र अनैतिक जगमा खडा भएको यो सरकार जति दिन रहन्छ, मुलुकले थप सङ्कट ब्यहोर्नु अनिवार्य छ ।

– अनेकौं प्रतिकूलता, सीमा र कठिनाइका बाबजुद विगत पाँच वर्षमा हाम्रो नेतृत्वमा रहेका केन्द्र र प्रदेश सरकार तथा स्वयं स्थानीय तहको अग्रसरतामा महत्वपूर्ण काम भएका छन् । उल्लेखनीय सफलता र युगान्तकारी उपलव्धि प्राप्त भएका छन् । यी कामहरूले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा महत्वपूर्ण आधार निर्माण गरेका छन् ।

– सन्तुलित र समन्यायिक विकासका लागि मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षा, बाह्य सम्बन्ध, ठूला पूर्वाधार र परियोजनाहरू, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण लगायत सामाजिक क्षेत्र तथा आर्थिक विकासलाई गति दिन राज्यले नेतृत्व गर्नुपर्छ । निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन र रोजगारी सिर्जना लगायत क्षेत्रमा निजी क्षेत्रको गतिशील भूमिका स्थापित गर्नुपर्छ ।

– वामपन्थी सरकार ढालेर दक्षिणपन्थीहरूलाई सरकारको नेतृत्व सुम्पनु, मुलुककै नेतृत्वदायी शक्तिका रुपमा स्थापित कम्युनिष्ट आन्दोलनलाई विभाजित गरेर त्यसको एउटा हिस्सालाई नेपाली कांग्रेस नेतृत्वको मोर्चाभित्र एउटा मामुली अङ्गका रूपमा विलयन गर्नु र स्थायित्व एवं समृद्धिको अभियानलाई विफल पार्न निर्णायक भूमिका खेल्नुले उनीहरूभित्र निहीत दक्षिणपन्थी अवसरवादलाई अभिव्यक्त गरेको छ ।

– राष्ट्रियताको रक्षा, लोकतन्त्रको स्थापनार सामाजिक–आर्थिक रुपान्तरणका लागिहाम्रो पार्टीले गएका पौने शताब्दीमा गरेका बलिदानी संघर्ष खेलेको अग्रणी भूमिका स्पष्ट छ । यतिबेला समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने नयाँ अभियानमा रहेको । यस अभियानमा सफलताका लागि सदाझैं तपाईंहरूको पूर्ण साथ र समर्थन रहने कुरामा हामी पूर्णरुपले विश्वस्त छौं ।

आगामी पाँच वर्षका लागि स्थानीय विकास, सुशासन र समृद्धि सम्बन्धी नीति र प्राथमिकताका मुख्य–मुख्य बुँदाहरू :

१. गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने ।

२. पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन रनिरोगी नेपाल निर्माण गर्ने ।

३. प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्था मार्फत् सफा, सुन्दर रसभ्य पालिका निर्माण गर्ने ।

४. विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय वृद्धि र पर्यावरण संरक्षण गर्ने ।

५. सिंचाईको विस्तार, कृषि– भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दैमुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने ।

६. सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने।

७. प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत वस्ति, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने ।

८. सार्वजनिक, निजी र सहकारी माध्यमद्वारा औद्योगीकरण गर्दैउत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, सामाजिक सुरक्षा कार्यक्रम मार्फत श्रमिकहरूको हक संरक्षण गर्ने ।

९. स्थानीय पुँजीको सङ्कलन, उद्यमशीलताको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणका माध्यमका रुपमा सहकारीलाई विकास गर्ने।

१०. मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण गर्दैस्थानीय पहिचानको अभिवृद्धि गर्ने र पर्यटनको विकासमार्फत रोजगारी र समृद्धि हासिल गर्ने ।

११. युवाहरूको सर्वतोमुखी विकासका लागि नीतिगत, संरचनात्मक एवं स्रोत व्यवस्थापन गर्दैउनीहरूलाई विकासका साझेदार र मुख्य संवाहकका रुपमा अगाडि बढाउने ।

१२. राज्यका हरेक अङ्ग, क्षेत्र र क्रियाकलापमा महिलाकोअर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रत्याभूत गर्ने ।

१३. जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षा कार्यक्रम मार्फत् जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति र असहायहरूको संरक्षण गर्दैसभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने ।

१४. जलवायुपरिवर्तनका प्रतिकूल प्रभावबाट समुदायलाई सुरक्षा र पर्यावरणको संरक्षण गर्नविकास र वातावरणबीच सन्तुलन कायम गर्ने, हरित विकासलाई प्रवर्द्धन गर्ने ।

१५. मानव अधिकारको सम्मान,सामाजिक न्यायको प्रत्याभूति र सामाजिक सौहार्दता, जातीय सद्भाव र सांस्कृतिक सहचार्यका माध्यमबाट समुन्नत समाज निर्माण गर्ने।

१६. पाँच वर्षका अनुभवबाट सुशासन, विकास तथा समृद्धिको क्षेत्रमा उजागर भएका समस्या र सीमालाई संवोधन गर्नप्रभावकारी कानुनी, संरचनागत सुधार तथा समन्वय गर्ने ।

१७. योजनावद्ध,जनसहभागितामूलक एवंसमन्यायिक विकासका लागि सही तथ्याङ्क, उपयुक्त नीति तथा आवश्यक कानुनी प्रबन्ध गर्नेतथा पालिकाहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने ।

एमालेको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)