NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

काठमाडौं र भक्तपुरमा यी हुन् मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार

काठमाडौं । कांग्रेसले काठमाडौं र भक्तपुरका नगरपालिकाका लागि मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसको वाग्मती प्रदेश संसदीय समितिको बैठकले मेयर र उपमेयरको टुंगो लगाएको हो ।

उम्मेदवारी दिने अन्तिम दिन मात्रै कांग्रेसले गठबन्धनमा आफ्नो पक्षमा परेका मेयर र उपमेयरको टुंगो लगाएको हो ।

काठमाडौंका नगरपालिका

तारकेश्वर
मेयर–कृष्णहरि महर्जन, उपमेयर श्रृजना बुर्लाकोटी

दक्षिणकाली
मेयर–मोहन बस्नेत, उपमेयर बसन्ती तामाङ

नागार्जुन
मेयर–मोहनबहादुर बस्नेत र उपमेयर कल्याणी खड्का

बुढानिलकण्ठ
मेयर–विनोद चालिसे

कागेश्वरी मनोहरा
मेयर – उपेन्द्र कार्की

गोकर्णेश्वर
मेयर दीपक रिसाल, उपमेयर शान्ति नेपाल

चन्द्रागिरी
मेयर– घनश्याम गिरी, उपमेयर यमुनादेवी श्रेष्ठ

शंखरापुर
मेयर–ओम कार्की र उपमेयर समिता श्रेष्ठ

भक्तपुरका नगरपालिका

मध्यपुरथिमि
मेयर–सुरेन्द्र श्रेष्ठ,

सूर्यविनायक
मेयर–निशान ढुंगेल

चाँगुनारायण
मेयर– जीवन खत्री र

भक्तपुर
मेयर–राम कासुला