NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानिलकण्ड नगरपालिका–१० बस्ने ४२ वर्षीय प्रबिन चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीले श्रीमती सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाएर घाइते पारेको थिए । सोही अवस्थामा स्थानिय मानिसले फेला पारेर अस्पताल पु-याएर उपाचर गराएका थिए ।

प्रहरीका अनुसार उनको उपाचरको क्रममा अस्पतालमै निधन भएको हो । श्रीमतीको मृत्यु भएपश्चात चौधरीलाई प्रहरीले प्रक्राउ गरेको छ ।