NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मुस्ताङबाट एमालेले खाता खोल्यो लो–घेकर दामोदरकुण्डका तीन वडाध्यक्ष निर्विरोध निर्वाचित

काठमाडौं । मुस्ताङ जिल्लाको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका तीन जना वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा १ का उम्मेदवार टेसी धुन्टु ठकुरी, ३ का उम्मेदवार झ्यादेङ टेसी गुरुङ र ४ का झ्यादेङ शेरचन गुरुङ रहेका छन् ।

निर्वाचितमध्ये ठकुरी गत निर्वाचनमा पनि निर्विरोध निर्वाचित भएका थिए ।

पाँच वटा वडा रहेको यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित २ र ५ वडामा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका लोप्साङ छोम्पेल बिष्टले जानकारी दिए ।