NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रुडिगर रियल जाँदै

काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर स्पेनिस क्लब रियल मड्रिडमा जाने भएका छन् ।

चेल्सी छाड्ने घोषणा गरिसकेका जर्मन डिफेण्डर रुडिगरले रियलको प्रस्ताव स्वीकार गरेको स्पेनिस मिडियाहरूले जनाएका छन् ।

रुडिगरको चेल्सीसँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिँदैछ । उनले रियलसँग ४ वर्षको सम्झौता गर्न लागेको बताइएको छ ।

२९ वर्षीय रुडिगर सन् २०१७ मा इटालियन क्लब रोमाबाट चेल्सी गएका थिए । उनी जर्मन राष्ट्रिय टोलीका पनि महत्वपूर्ण खलाडी हुन् ।