बेलायतले रुसलाई जासुसी उपकरण निर्यातमा रोक लगायो
लन्डन । बेलायतले रुसलाई वार्तामा अवरोध गर्ने र युक्रेनीहरूको जासुसी गर्न प्रयोग हुने इलेक्ट्रोनिक उपकरण निर्यातमा प्रतिबन्ध लगाएको छ । अन्तर्राष्ट्रिय व्यापार विभागले पनि युक्रेनबाट आयात हुने उत्पादनहरूमा लगाइएको शुल्क हटाउने घोषणा गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोधमा बेलायतले यो निर्णय गरेको हो । उनले देशको अर्थतन्त्रलाई सम्हाल्न सहयोगका लागि आग्रह गरेका थिए । बेलायतले हाल १० महिनाका लागि यी शुल्कहरु हटाएको छ ।
बेलायतले यसअघि रुसलाई उड्डयन र अन्तरिक्षसँग सम्बन्धित उपकरण, तेल प्रशोधन गर्ने वस्तु र क्वान्टम कम्प्युटिङ जस्ता उन्नत प्रविधिको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
ताजा अपडेट
-
ग्लोबल आइएमई बैंकलाई स्वीस इन्भेष्टमेन्ट फन्डको १० मिलियन अमेरिकी डलर लगानी
-
अधिवक्तादेखि सांसदसम्म सुहाङको यात्रा
-
कफीखेती प्रवर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका
-
‘सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ’
-
तुलसीमेहरको चर्खामा किचलो, मुख्य गुठियारलाई कानूनी कारबाही गर्ने चेतावनी
प्रतिक्रिया