NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

घामको किरण छालाका लागि फाइदाजनक

काठमाडौं । बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि मात्र होइन छालाको लागि पनि फाइदाजनक हुन्छ । सूर्यको पहिलो किरणमा भिटामिन डी पर्याप्त मात्रामा पाइन्छ । जसले हाम्रो शरीर र हड्डीलाई मजबुत बनाउने काम गर्छ ।

भिटामिन डीले छालाको एलर्जी हटाउन पनि मद्दत गर्छ । त्यसैले हामी तपाईलाई सूर्यको पहिलो किरणले छालालाई हुने धेरै फाइदाका बारेमा बताउछौं ।

गर्मी मौसममा कडा घाम र प्रदुषणका कारण छाला निकै सुख्खा हुन्छ । यस्तो अवस्थामा हरेक बिहान १० मिनेट घाममा बस्नु लाभदायक हुन्छ । यसो गर्नाले तपाईको शरीरमा रक्तसञ्चार सुचारु हुन्छ र तपाईको छाला चम्किलो हुन थाल्छ ।

घामले रगतमा अक्सिजनको मात्रा बढाउँछ र हाम्रो छाला ताजा र चम्किलो देखिन्छ । बिहान सबेरै उठ्दा छाला चम्किलो हुन्छ ।

हर्मोनल परिवर्तनका कारण पिम्पल हुनु सामान्य कुरा हो । यस्तो अवस्थामा बिहान घामको किरण निकै फाइदाजनक हुन सक्छ । यसले छालामा भएको पिम्पल र दागहरु हटाउन सहयोग पुग्छ ।

यदि तपाई एक्जिमाको समस्याबाट पीडित हुनुहुन्छ भने बिहानै लागेकाे घामले एक्जिमा निको पार्न मद्दत गर्छ । एक्जिमा छालाको समस्या हो जसमा छालामा रातो धब्बा देखिने र चिलाउने हुन्छ ।

घामले तपाईंलाई यसबाट छुटकारा दिन सक्छ। यसका लागि बिहानको घाममा करिब ३० मिनेटसम्म बस्नुपर्छ ।