NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भाषा तालिम : महिलालाई ‘यु लुक सो योङ’ भन्न निषेध

काठमाडौं । लन्डनका केही कार्यालयमा सहकर्मी वा सेवाग्राही महिलालाई ‘यु लुक सो योङ’ (तिमी जवान देखिन्छौं) भन्न निषेध गरिएको छ । यो नयाँ नियम ह्याम्पटन कोर्ट र केन्सिङ्टन प्यालेससहित प्रत्येक शाही दरबारमा लागू हुनेछ । यसका साथै कुनै पनि अपाङ्गता भएकालाई ‘तिमी धेरै प्रेरणादायी छौ’ पनि भन्न पाइदैँन ।

तर कतिपयले यस नियमप्रति आपत्ति जनाएका छन् । ८९ वर्षीया महिला साहित्यकारले आफूलाई कसैले ‘योङ’ भने आफू खुशी हुने बताएकी थिइन् ।

ऐतिहासिक रोयल प्यालेसले शाही दरबारमा कार्यरत आफ्ना सबै कर्मचारीहरूलाई ४५ मिनेटको भाषा तालिम प्रदान गरिरहेको छ । कुनै पनि महिलालाई ‘तिमी धेरै जवान देखिन्छौ’ भन्नु एक प्रकारको भद्दा कमेन्ट हो भन्ने उनीहरुको विश्वास छ ।

नियत राम्रो भए पनि कहिलेकाहीँ यसले महिलालाई समस्या निम्त्याउँछ । कर्मचारीहरूलाई कस्तो प्रकारको भाषा प्रयोग गर्ने र उनीहरूले कस्ता शब्दहरू बेवास्ता गर्ने भनेर सिकाउनु तालिमको उद्देश्य हो ।

त्यसैगरी कुनै पनि अपाङ्ग साथीलाई ‘तिमी प्रेरणादायी’ भन्नु पनि गलत भएको उक्त तालिममा सिकाइएको छ । एचआरपीले उनीहरूलाई पनि सामान्य मानिस जस्तै व्यवहार गर्नुपर्छ भन्ने विश्वास राख्छ । जातीय टिप्पणीलाई मजाकको रूपमा लिनुहुँदैन । यसबाहेक सहकर्मीको नाम उच्चारण गर्न गाह्रो छ भने पनि नाम बिगारेर बोलाउन पनि पाउने छैनन् ।

हालै जापानी फूड कम्पनी योसिनोया होल्डिङ्सले आफ्ना एक प्रबन्ध निर्देशकलाई महिला सहकर्मी बारे भद्दा टिप्पणी गरेको भन्दै बर्खास्त गरेको थियो ।