मकवानपुरको इन्द्रसरोवरमा एमालेका दुई वडा सदस्य निर्विरोध
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा (एमाले)का दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी उक्त गाउँपालिका–१ की लक्ष्मी दमाइँ, र सोही गाउपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएका हुन् । ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उनीहरू निर्विरोध निर्वाचित हुन सफल भए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया