झापाका अधिकांश पालिकामा पुरुष नै उपप्रमुख-उपाध्यक्ष
झापा । सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख-उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ ।
जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख÷उपाध्यक्षको उम्मेदवार बनाएको हो ।
नेपाली कांग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा (माओवादी केन्द्र)ले उपप्रमुख÷उपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार तय गर्दा माओवादी केन्द्रले अधिकांश पालिकामा उपप्रमुख÷उपाध्यक्ष पदमा पुरुषलाई नै उम्मेदवार बनाएको बताइएको छ ।
गठबन्धनका तर्फबाट मेचीनगरमा प्रकाश भण्डारी, बिर्तामोडमा सिपी कँडेल, भद्रपुरमा शिवराज भण्डारी, गौरादहमा पुष्प ढकाल, शिवसताक्षीमा महेन्द्र भट्टराई, अर्जुनधारा नगरपालिकामा जिनेश योञ्जन र बाह्रदशीमा शङ्कर सेढाईं, कमलमा पर्शु सुवेदी, बुद्धशान्तिमा खड्ग तिम्सिना, गौरीगञ्जमा अमन राजवंशीलाई उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी झापा गाउँपालिकामा मुनावती गणेश उपाध्यक्षमा र दमक नगरपालिकामा रेगिना उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धन नगर्दा सबै पालिकामा महिला अनिवार्य हुने व्यवस्था संविधानमै उल्लेख छ । हल्दिवारी र कचनकवल गाउँपालिका तथा कनकाई नगरपालिकामा गठबन्धनमा सहमति नभएपछि दुवै दलले उपप्रमुख÷उपाध्यक्षमा महिलालाई नै उम्मेदवार बनाएको बताइएको छ ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा माओवादी केन्द्रका जिल्ला सदस्य तारामणि सापकोटाले पुरुष नभई जितिँदैन भन्ने सामाजिक सोचका कारण पनि महिलाले अवसर नपाएको बताए । उनले भने, “पार्टीमा क्षमता भएका धेरै महिला छन् तर गठबन्धन हुँदा महिला पुरुषलाई मिलाएर लैजानुपर्ने बाध्यकारी अवस्था नहुँदा पनि संविधानमा भएको व्यवस्थालाई क्रस गरिएको हो ।”
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया