NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रेबिज किन लाग्छ ? जानौँ केही कारण र उपाय

काठमाडौं । रेबिज भन्नासाथ हाम्रो दिमागमा कुकुरको चित्र आउँछ । साच्चै के कुकुरको कारण बाट मात्र रेबिज लाग्छ त ? रेबिज के हो त ? कसरी बच्न सकिन्छ ? उपचार सम्भव छ ? यस्ता कयौँ प्रश्न दिमागमा आउन सक्छ । आज हामी यी र यस्तै प्रश्नको जवाफ खोज्ने प्रयास गर्छौँ ।

अहिलेको समयमा कुकुर नपालिने घर विरल्लै भेटिन्छन् । सहरी क्षेत्रमा मानिसले कुकुरलाई सोखको रुपमा पाल्ने गरेको पाइन्छ । तर पछिल्लो समयमा तथ्यांकलाई केलाउने हो भने गाउँघरमा पनि मानिसले कुकुलाई पाल्न थालेका छन् । कुकुरको टोकाइबाट मात्र रेबिज लाग्छ भन्ने भ्रम आम जनमास छ । वास्तवमा रेबिज कुकुरको टोकाईबाट मात्र नभई सबै जनावरको टोकाइबाट लाग्ने गर्दछ ।

विशेष गरी रेबिज संक्रमित कुकुर, बिरालो, मुसा र जंगली जनावरबाट लाग्छ । जनावरको टोकाइको क्रममा ¥यालबाट सर्ने प्राण घातक रोग हो रेबिज । रेबिजका बिरामी अस्पतालमा प्रसस्तै मात्रामा भेटिन्छन् । रेबिजको कारणबाट मृत्यु प्राय निश्चित हुने गर्दछ । तर समयमै रेबिजविरुद्धको खोप लगाउन सक्यो भने मृत्युलाई रोक्न सकिन्छ ।

के कारणले लाग्छ रेबिज ?
१) कुकुरको उमेर सानो छ भनेर खोप नलगाउनाले ।
२) जनावरको टोकाइपछि चिकित्सकको सल्लाह नलिनाले ।
३) कुकुर र जनावरले टोकेपछि पनि केही हँुदैन भन्ने मानसिकताले

रेबिज लाग्नबाट बच्न के गर्ने ?

१) रेबिजविरुद्धको खोप लगाउने ।
२) घरपालुवा जनावरलाई जताभावी नछाडने ।
३) घरपालुवा जनावरलाई रेबिज खोप लगाइदिने ।