NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राष्ट्र बैंकका गभर्नर अधिकारीको मुद्दा हेर्दा–हेर्दैमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दा–हेर्दैमा राखिएको छ । आफूलाई हटाउने ढंगले गरिएको जाँचबुझ आयोग खारेजीको माग गर्दै गर्भनर अधिकारीले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमाथिको सुनुवाइ हेर्दा–हेर्दैमा राखिएको हो ।

सो मुद्दा न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भइरहेकाे छ । मंगलबार भएको सुनुवाइ हेर्दा हेर्दैमा रहेको हो । दुवै पक्षको बहस नसकिएकाले उक्त मुद्दा हेर्दा–हेर्दैमा राखिएको सर्वोच्च स्रोतले जनाएको छ ।

महत्वपूर्ण सूचना चुहाएको आरोप लगाउँदै सरकारले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, हरि फुयालको इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत उनलाई काममा फर्किन बाटो खुलाएको थियो ।