NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

काठमाडौंको मेयरमा विवेकशील साझाले किन रोज्यो कांग्रेस नेताकी छोरी ?

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवकशील साझा पार्टीको तर्फबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटा सत्तारुढ नेपाली कांग्रेसका नेताकी छोरी हुन् ।

समीक्षाका बुवा दीपकप्रकाश बाँस्कोटा ०५२-५३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदमा गृह राज्यमन्त्री बनेका थिए । उनले सोबेला पाँचथर क्षेत्र नम्बर १ बाट सांसदमा जितेका थिए ।

पूर्व गृह राज्यमन्त्री बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि « Lokpath

उनै कांग्रेस नेता दीपकप्रकाशकी छोरी समीक्षा भने अहिले बाबुको पार्टी नरोजी वैकल्पिक राजनीतितिर लागेकी छिन् ।

समीक्षा विवेकशील साझाको बागमती प्रदेश पूर्वसंयोजक तथा केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् ।

३८ वर्षीय समीक्षाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक (एलएलबी) गरेकी छिन् ।

यसैगरी उनले अमेरिकाबाट कानुनमै स्नातकोत्तर (एलएलएम)समेत गरेकी छिन् ।

काठमाडौं महानगरको मेयरका लागि समीक्षा नै उपर्युक्त पात्र ठानेर पार्टीले टिकट दिएको विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले नेपालवाचसँग बताए ।

विवेकशील साझा सञ्चार विभागको सम्पादकमा शरदराज पाठक – Sajha Party

‘समीक्षाजी देशको लागि के गरौं भनेर अमेरिका छोडेर आउनु भएको हो । उहाँ हाम्रो पार्टीमा नयाँ होइन । गत संसदीय निर्वाचनमा पनि उहाँ काठमाडौं क्षेत्र नं १ ‘क’ बाट उम्मेदवार बन्नुभएको थियो । उक्त निर्वाचनमा सम्मानजनक मत ल्याउँदै उहाँ तेस्रो बन्नुभयो’, उनले भने ।

समीक्षा कांग्रेस छोडेर आफ्नो विवेकशील साझामा आएको नभइ उनले यसै पार्टीबाट राजनीतिक करिअर सुरु गरेको प्रवक्ता पाठकले स्पष्ट पारे ।

May be an image of 8 people, people standing, people sitting and outdoors

‘वर्तमान राजनीतिको लागि उपर्यक्त दल विवेकशील साझा नै हो भन्ने महशुस गरेर नै उहाँ हाम्रो पार्टीमा आबद्ध हुनुभएको हो’, उनले भने ।

राजनीति नै गरेपछि पनि नयाँ विकल्प दिनुपर्छ भन्ने सोचका साथ समीक्षाले बुवा आबद्ध पार्टी कांग्रेस नरोजेर वैकल्पिक शक्ति विवेकशील साझा रोजेको बताइएको छ ।

समीक्षाका बुवा दीपकप्रकाश अहिले कांग्रेसको सक्रिय राजनीतिमा त्यति देखिएका छैनन् । उनी पछिल्लो समय सहकारी आन्दोलनका अभियन्ताको रुपमा बढी चिनिन्छन् ।

एमालेले २० हजारको अन्तरले जित्दा कुन दलले कति मत ल्याएका थिए ?