NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रचण्डपुत्री रेनुविरुद्ध उम्मेदवारी दिएका कांग्रेस नेताका घर–घर चहार्दै गृहमन्त्री खाँण

काठमाडौं । सत्ता गठबन्धनले भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाललाई मेयरमा उठाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छाेरीसमेत रहेकी रेनुविरुद्ध गठबन्धनको प्रमुख घटक कांग्रेसकै एक नेताले उम्मेदवारी दिएका छन् ।

ती बागी उम्मेदवार हुन् जगन्नाथ पौडेल । उनै बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराउन यतिबेला कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण चितवन गएका छन् ।

उनले त्यहाँ पौडेलका प्रस्ताव कृष्णलाल सापकोटालाई भेटेका छन् । कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका सापकोटालाई भेटेर खाँणले पौडेलको उम्मेदवारी फिर्ता गराउन पहल गर्न आग्रह गरेका छन् ।

उनी सापकोटाको लंकुस्थित घरमा गएका हुन् ।

यस्तै, गृहमन्त्री खाँणले बिहीबार नै बागी उम्मेदवार पौडेललाई भेट्ने कार्यक्रम रहेको उनीनिकट स्रोतले जनाएको छ ।