NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

प्रशिक्षकविरुद्ध विद्रोह गरेका फुटबलर पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट विद्रोह गर्दै बाहिरिएका खेलाडीहरूले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बुधबार विद्रोह गरेका १० खेलाडीले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

प्रशिक्षकसँग मनमुटाबपछि नौ खेलाडीले छोडे राष्ट्रिय टिमको क्याम्प

उनीहरूले दरबारमार्गस्थित रोयलसिंगी होटलमा पत्रकार सम्मेलन गर्ने एक खेलाडीले जानकारी दिए ।

क्याम्प छोड्नेमा रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ र सुमन लामा छन् ।

माल्दिभ्समा क्लब फुटबल खेलिरहेका कप्तान किरण चेम्जाङले पनि उनीहरूलाई साथ दिएका छन् ।

प्रशिक्षक अल्मुताइरीप्रति कप्तान किरण पनि असन्तुष्ट, गरे विद्रोहको समर्थन