NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका अभिनेता पूर्णविक्रम शाह (पल)ले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।

जिल्ला अदालत तनहुँ र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । अहिले त्यसैलाई एकसाथ पेश गर्न अदालतले आदेश दिएको हो ।

अभिनेता शाहविरुद्ध एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको छ ।

तर, अन्तिम बकपत्रमा पीडित र उनका बुवाले बरात्कार नगरेको बयान दिइसकेका छन् ।