गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा ‘बाँध मायाले’ सार्वजनिक
काठमाडाैं । गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावलाई समेटिएको यस गीतमा ताराप्रकाश लिम्बूको शब्द संगीत छ ।
गीतलाई सविन लिम्बूले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा स्वयं गायक तामाङ र विमला खाजुमलाई रोमाञ्चक मुद्रामा देख्न सकिन्छ ।
‘बहकिँदै छ मन बाँध मायाले’, ‘सम्हाल यो मन’, ‘चाहना छ तिम्रै हुने, एक जुनी होइन, अनेकौँ जुनी’ लगायत बोलका गीत समावेश गरिएको छ । भूपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन र सम्पादनमा भिडियो तयार पारिएको हो ।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन् ।
ताजा अपडेट
-
सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : चेम्बर निर्वतमान अध्यक्ष मल्ल
-
एक किलो सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ
प्रतिक्रिया