रुपन्देहीमा ११३ को उम्मेदवारी फिर्ता
बुटवल । आसन्न स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा मनोनयन दर्ता गराएका ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपािलकाबाट २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
चार प्रमुख, चार उपप्रमुख र १९ वडाध्यक्ष तथा सदस्य पदमा मनोनयन गराएकाले उम्मेदवारी फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।
ओमसतिया गाउँपालिकाबाट तीन अध्यक्षसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कञ्चनबाट तीन, कोटहीमाई पाँच, गैडहवाबाट दुई, तिलोत्तमाबाट नौ र देवदहबाट १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मायादेवी र रोहिणीमा एक–एक, लुम्बिनी सांस्कृतिक नगरपालिकामा दुई, शुद्धोधनमा छ, सियारीमा छ, सैनामैनामा चार जनाले उम्मेदावरी फिर्ता लिएका छन् । सिद्धार्थनगरमा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सत्तारुढ गठबन्धनले अन्तिम समयमा आएर तालमेल गरेपछि नगरप्रमुखबाट एक, उपप्रमुखबाट दुई र सदस्यबाट तीनले उम्मेदवारी फिर्ता लिएका छन् ।
सम्मरीमाईको अध्यक्ष पदमा उम्मेदवारी दिएका तीन स्वतन्त्र गरी चार जनाले उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता गराउनेमध्ये अधिकांश गठबन्धन र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । जिल्लाका १६ पालिकामध्ये मर्चवारीबाट कसैले उम्मेदवारी फिर्ता गरेका छैनन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया