NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नेपाल प्रहरीको आइजिपीमा सिंह र सशस्त्रमा अर्याल नियुक्त

काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा धीरजप्रताव सिंहलाई नियुक्त गरेको छ । त्यस्तै सशस्त्रमा राजु अर्याल नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रीपरिषदको बैठकले उनीहरूलाई आइजिपीमा बढुवा गरेको हो । सिंहसँग विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक प्रतिस्पर्धामा थिए भने अर्याल एकल दाबेदार थिए । उनीहरू दुवै आ–आफ्नो संगठनको एआइजी थिए ।

आइजिपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी ब्याजका प्रहरी अधिकृतले ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अवकास लिँदैछन् । । सिंह र अर्यालले आइतबारबाट नै प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।