प्रशिक्षक अल्मुताइरीको एन्फालाई अनुरोध, ‘मविरुद्ध लागेका खेलाडीलाई कारबाही नगर्नू’
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आफूविरुद्ध विद्रोह गरेका खेलाडीहरूलाई कारबाही नगर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अनुरोध गरेका छन् ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई आज पत्र लेख्दै उनले आफूविरुद्ध लागेका खेलाडीलाई माफी दिएको बताउँदै कारबाही नगर्न अनुरोध गरेका छन् ।
प्रशिक्षक अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेका थिए ।
खेलाडीको एउटै स्वर : गास-बासको सामान्य विषय उठाउँदा प्रशिक्षकले टिमबाटै निकाले
उनीहरूले पत्रकार सम्मेलन गरेर अल्मुताइरी हुन्जेल अब राष्ट्रिय टोलीमा खेल्ने सम्भावना सकिएको बताएका थिए ।
यससँगै फुटबल विवादले चरम रुप लिएको थियो ।
यस्तो छ अल्मुताइरीले लेखेको पत्र :
ताजा अपडेट
-
उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
-
बिहीबारदेखि यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
-
भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
-
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
-
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
प्रतिक्रिया