NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जिम्बाबेविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । नेपालविरुद्ध १८२ रनको लक्ष्य पछ्याएको जिम्बाबे पहिलो विकेट गुमाएको छ ।

कप्तान सन्दीप लामिछानेले ८.५ ओभरमा पहिलो विकेट लिएका हुन् । ३० बलमा ४७ रन बनाएर खेलेका इनोसेन्ट कायालाई एलबिडब्ल्यु धरापमा पारेका हुन् ।

जिम्बाबे ए टिम नेपालको टुरमा रहेको छ । यो टी–२० को पहिलो खेल हो ।